कृषि विकास बैंकका नवनियुक्त सीइओ गुरुङले सम्हाले कार्यभार

लोकपथ
42
Shares

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन्।

बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन्। सीइओ छनोट समितिले सीइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

उनी यसअघि म्यान्मारको म्यान्मार सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए। विदेशी बैंकको सीइओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक रहेका छन् । यसअघि उनी सिभिल बैंकको सीइओ समेत रहेका थिए ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर शुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?