एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यान्चेस्टर युनाइटेडले फराकिलो जीत निकालेको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा प्रशिक्षक ओले गुनर सोल्सायरको डेब्यु प्रशिक्षणमा युनाइटेडले कार्डिफ सिटीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । म्यान्चेस्टर युनाइटेडको जितमा जेसे लिन्गार्डले दुई तथा मार्कुस रासफोर्ड, एण्डर हेरेर्रा र एन्थोनी मार्सियलले समान एक-एक गोल गरेका थिए।
यता कार्डिफ सिटीका लागि भने भिक्टर कामारासाले पेनाल्टीमार्फत एक मात्र गोल फर्काएका थिए । जितपछि म्यान्चेस्टर युनाइटेड २९ अंकका साथ लिगको छैटो स्थानमा छ ।
जारी सिजनमा क्लबले खराब प्रदर्शन गरेपछि म्यान्चेस्टर युनाइटेडले जोसे मौरिन्होलाई बर्खास्त गर्दै सोल्सायरलाई टिमको जिम्मेवारी दिएको थियो ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको चौथो स्थानमा रहेको चेल्सी लिचेस्टरसँग एक-शुन्य गोल अन्तरले पराजित भएको छ । पराजित चेल्सी ३७ अंकका साथ लिगको चौथो स्थानमा छ । २५ अंक बनाएको लिचेस्टर तालिकाको नवौं स्थानमा छ ।
यता साउथह्याम्पटनले हडर्सफिल्डलाई ३-१ गोल अन्तरले तथा वाटफोर्डले वेस्टह्यामलाई २-० गोल अन्तरले पराजित ग-यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया