एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत उपाधि होडमा रहेको म्यान्चेस्टर सिटी पराजित भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा म्यान्चेस्टर सिटी लिगको १४ औँ स्थानमा रहेको क्रिस्टल प्यालेससँग ३-२ गोल अन्तरले पराजित भएको हो । क्रिस्टल प्यालेसको जीतमा खेलको ३३ औँ मिनेटमा रासफोर्डले, २९ औँ मिनेटमा टाउनसेन्ड र ५१ औँ मिनेटमा मिलिभोजेभिकले पेनाल्टीमार्फत समान एक-एक गोल गरेका थिए ।
यता सिटीका लागि खेलको २७ औँ मिनेटमा गुन्डोगन र ८५ औँ मिनेटमा डि ब्रायनले एक-एक गोल गरे । हारपछि म्यान्चेस्टर सिटी लिगको दोस्रो स्थानमा छ । जितपछि क्रिस्टल प्यालेसले १८ अंक बनाएको छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा आर्सनलले बर्नलेलाई ३-१ गोल अन्तरले पराजित ग-यो । आर्जनलका लागि युवामियाङले दुई तथा वोबीले एक गोल गरे । बर्नलेका लागि बार्नेसले एक गोल गरे ।
जितपछि आर्सनलले ३७ अंकका साथ आर्सनल लिगको पाँचौ स्थानमा छ । यता बर्नमाउथले ब्राइटनलाई २-० गोल अन्तरले पराजित ग-यो । न्युक्यासल र फुलह्यामबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया