काठमाडौं । आईसीसी विश्वकप लिग टूको नेपाल सिरिजको खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ । टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो ।
स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो ।
नामिबियाका लागि लोहार्ड लोहारेन्सले ६७ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ग्रेहार्ड इरास्मसले ३८ बलमा ४३ तथा जेन ग्रिनले ४० बलमा २५ रन बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया