काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरीको ‘एपीएफ’ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतवार भएको दशौँ चरणको खेलमा विभागिय क्लब एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको एपीएफका लागि ५७ औँ मिनेटमा आशिष लामाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । आर्मीलाई दवावमा राख्दै खेल खेलेको एपीएफले ८६ औँ मिनेटमा दोस्रो गोल ग-यो ।
आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । तर, यो अग्रता एक मिनेट पनि टिक्न सकेन् । एक मिनेटको अन्तरमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।
रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म आर्मी क्लबले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-यो ।
जितपछि आर्मी क्लबले एपीएफ क्लब १० खेलबाट १६ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । १८ अंकका साथ आर्मी क्लब चौथो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया