मोरिसस । मोरिससमा आएको आकाशीय आँधीले ठूलो संकट खडा गरेको छ । सोमबार चक्रवात फ्रेडीको टक्करबाट आएको भीषण वर्षाले यहाँको जनजीवन अस्तव्यस्त भएको छ।
मौसम विभागले पनि चेतावनी दिएको छ । मौसम विज्ञान विभागका अनुसार चक्रवातका कारण हावाको गति २ सय ८० किलोमिटर वा १ सय ७० माइल प्रतिघण्टा पुग्न सक्छ ।
मानिसलाई आवश्यकताविना घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । त्यस्तै, मोरिसस विमानस्थलले सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द रहने घोषणा गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार देश भरमा कुनै पनि सरकारी सेवाहरू सञ्चालन भएका छैनन् । मौसम एजेन्सीका अनुसार चक्रवात फ्रेडी आइल्याण्ड नजिकबाट उत्तरतर्फ करिब १२० किलोमिटरको दुरीबाट गुज्रिएको थियो र करिब ३० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-दक्षिणपश्चिमतर्फ सरिरहेको थियो।
मेघ गर्जन र हावाहुरी जारी रहने भएकाले मानिसहरुलाई समुद्रमा वा वरीपरी नजान निर्देशन दिइएको छ । मरिससका प्रधानमन्त्रीले सावधानी अपनाउन आग्रह गरेका छन् । ‘चक्रवात फ्रेडी एक अत्यन्त गम्भीर चक्रवात हो जसले मौरिसस, रोड्रिग्स र सेन्ट-ब्रान्डन टापुहरूमा प्रत्यक्ष खतरा निम्त्याउँछ’, उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया