काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो ।
नेपालले स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित रहदै ९५ रनको शतकीय इनिङ खेले ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया