काठमाडाैं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो ।
स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपाल २०१९ देखि शुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भूमिमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया