काठमाडौं । आइएमई पेर मेटलाइफ इन्सोरेन्सबिच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्ने छन् ।
सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाटअपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका हुन् । भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट सेवा प्रदान गर्दै आएको छ ।
४० लाखभन्दा बढी ग्राहकहरुलाई आइएमई पे मोबाईल वालेटमार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ । यस्तै, नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया