एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत टोट्नह्याम विजयी भएको छ ।
आइतवार राति सम्पन्न भएको १८ औँ चरणको खेलमा टोट्नह्यामले इभर्टनलाई ६-२ गोलको भारी अन्तरले पराजित गरेको हो । खेलको २१ औँ मिनेटमा इभर्टनका लागि थिव वाल्कटले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
२७ औँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । प्रतिपर्धात्मक खेलको ३५ औँ मिनेटमा डेली अलीले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । ४२ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोट्नह्यामलाई ३-१ को अग्रता दिलाए ।
दोस्रो हाफको शुरुवाती समयमा नै टोट्नह्यामका क्रिस्टियन इरिक्सनले गोल गरे । ५१ औँ मिनेटमा इभर्टनका सिगर्डसनले गोल गरे । ६१ औँ मिनेटमा सन ह्युङ मिनले व्यक्तिगत दोस्रो तथा क्लबका लागि पाँचौ गोल गरे ।
एक पक्षिय रहेको खेलको ७४ औँ मिनेटमा केनले गोल गरेपछि इभर्टन स्तब्ध बनेको थियो । जितपछि टोटन्ह्याम ४२ अंक बनाउँदै लिगको तेस्रो स्थानमा छ ।
टोट्नह्यामले लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको दुरी २ अंकका छारेको छ । ४८ अंकका साथ लिभरपुल लिगको शीर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया