सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी हुँदा तीन करोडको क्षति

गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा  आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई तीन करोड मूल्यको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार आइतवार राति ११ बजेतिर अचानक ट्र्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ । 

आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गरेको तर पनि ट्र्याङ्कर र स्काभेटर जलेर नष्ट भएको उपरीक्षक राईले बताए ।

आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अहिले इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान शुरु गरेको छ भने प्रारम्भिक अनुमान अनुसार  तीन करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?