एजेन्सी । इटालियन क्लब इन्टर मिलानले मिडफिल्डर राड्जा नाइनगोलानमाथि प्रतिबन्ध लगाएको छ ।
मिलानले बेल्जियमका पुर्व मिडफिल्डर नाइनगोलानलाई क्लबको अनुशासन तोडेको भन्दै एक खेलमा प्रतिबन्ध लगाइएको हो । अभ्यासका दौरान ढिला उपस्थित भएको भन्दै उनीमाथि क्लबले प्रतिबन्ध लगाएको बताइएको छ ।
यो प्रतिबन्धसँगै उनले यहि बुधवार हुने नेपोलीविरुद्धको खेल गुमाउने छन् । उनीमाथि क्लबले प्रतिबन्धसँगै जरिवाना समेत तिर्नु पर्ने समेत बताइएको छ ।
३० वर्षे नाइनगोलानले यसै सिजनमा १५ खेल खेल्दै ३ गोल गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया