लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले यही बिहीबार काठमाडौंमा आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभा औपचारिक रुपमा शुरु हुनुभन्दा अगाडि कम्पनीका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको गत माघ २२ गते निधन भएकोमा दुख प्रकट गर्दै उनको आत्माको चीरशान्तिको कामना गरी एक मिनेट मौन धारण गरिएको कम्पनीले जानकारी दिएको छ ।

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारबाही, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अवस्था आदिका बारेमा शेयरधनीहरुलाई विस्तृतरुपमा जानकारी गराए ।

सभामा विभिन्न शेयरधनीहरुले आफ्नो मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग हुन लागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गरे ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि शुन्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको चुक्ता पुँजीको छ दशमलव ९९ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने र सो बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजीवृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र यस कम्पनीको शेयर आदान–प्रदान अनुपात १०० : ८० हुने गरी स्वाप रेसियो कायम गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

त्यस्तै, विस्तृत लेखापरीक्षण बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सभाको औपचारिक कार्यक्रम सम्पन्न पश्चात् कम्पनीले १० वर्षभन्दा बढि सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?