भोलि त्रिविका पठनपाठन बन्द, परीक्षा यथावत रहने

लोकपथ
42
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरु बन्द हुने भएका छन् ।

बिहीबार (आज) बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सो निर्णय गरेको हो ।

फागुन ८ गते दिवंगत भएका त्रिवि सेवा आयोगको पूर्व अध्यक्ष प्राध्यापक चूडाप्रसाद उप्रेतीको निधनप्रति शोक व्यक्त गर्दै बिदा दिने निर्णय भएको त्रिविले जनाएको छ ।

पठनपाठन बन्द भए पनि पूर्व निर्धारित परीक्षाहरु भने यथावत रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?