काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत पुगेका छन् । आफूलाई यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत पुगेका हुन् ।
यसअघि, उच्च अदालत पाटनले सन्दीपको विदेश यात्रामा प्रतिबन्ध लगाएको थियो भने २० लाख रुपैयाँ धरौटी सुनाएको थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपि रहेका सन्दीप अदालतको आदेशपछि २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनी सोही फैसलाको पुनरावलोकन गर्न भन्दै सर्वोच्च पुगेका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार १५ सदस्सीय टिम घोषणा गर्दा सन्दीप भने टिमम आटाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया