काठमाडौं । कृषि विकास बैंकको संचालक समितिको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । अध्यक्ष पुडासैनी निजामति सेवामा लामो अवधिसम्म कार्यरत थिए । राजस्व सचिवबाट अनिवार्य अवकाश भएका पुडासैनीसँग आर्थिक क्षेत्रमा कार्य गरेको अनुभवसमेत छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनुपर्ने प्रावधान अनुसार अध्यक्ष पुडासैनीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराए ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु निलम ढुगांना तिम्सिना, बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्तिप्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया