नेपाल २० स्वर्ण पदकसहित टिम च्याम्पियन

भारत । नेपालको टिम भारतमा सम्पन्न एशिया कप चौथो अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ । 

मुम्बईमा पुष ७ र ८ गते सम्पन्न कराँते च्याम्पियनसिपमा नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानको टिम काता र कुमेततर्फ गरि २० स्वर्ण र २ रजत पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । 

कराँते च्याम्पियनसिपमा नेपालका लागि सोनिम मानन्धरले तीन स्वर्ण पदक हात पारे । उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सियिर तर्फको कातामा गरि तीन स्वर्ण हात पारेका हुन् ।

त्यस्तै सञ्जु देशारले ३५ केजी कुमिते तथा यु–१३ काता गरि दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमिते र यु –१४ काता दुवैमा स्वर्ण हात पारे । यता दुई स्वर्ण हात पार्नेमा अश्मिता राई, रश्मी पाण्डे, बिमला नेपाली र हृषभ राज गिरी रहेका छन् ।

अश्मिताले ५५ केजी कुमिते र यु–१५, रश्मीले ४५ केजी कुमिते र यु–१६ काता, बिमलाले सिनियर ४५ केजी कुमिते र सिनियर काता तथा हृषभले यु–१६ ५५ केजी कुमिते र कातामा स्वर्ण पदक जिते । 

सूर्य बिक्रम भण्डारी र राजकुमार श्रेष्ठले एक स्वर्ण र एक रजत पदक हात पारे । सूर्यले यु–१५ केजी कुमितेमा स्वर्ण र कातामा रजत पाए । राजकुमारले सिनियर ६७ केजी तौलको कुमितेमा स्वर्ण र खुल्ला कातामा रजत पदक पाए ।

यसैगरि सिनियरतर्फ अंकित गुरुङ्गले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिष लामाले ६० केजी कुमितेमा स्वर्ण हात पार्दै नेपाललाई टिम च्याम्पियन बनाउन सफल भएका हुन् ।

नेपाल खेलकुद बिज्ञान प्रतिष्ठाने २०७२, ७३ र ७४ सालमा केन्द्रिय राष्ट्रपती रनिङ्ग शिल्डमा स्वर्ण हात पार्ने खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने र अन्तराष्ट्रिय स्तरमा नतिजामूलक उपलब्धि हासिल गर्ने उद्धेशयले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?