काठमाडौं । अब भाखा नाघेको ३० दिनभित्र रकमको भुक्तानी गरेमा कुनै पनि जरिवाना लिन नपाइने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गरि थप व्यवस्था गरेको हो ।
उक्त व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा ब्याजमा मात्र लागू हुने राष्ट्र बैंकले जनाएको छ । तर यदी कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा व्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल व्याज लिन यो व्यवस्थाले बाधा पुर्याएको मान्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
‘ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा व्याज दायित्व भाखा नाघेको तीस दिनभित्र भुक्तान गरेमा पेनाल व्याज लिन पाइनेछैन । यो व्यवस्था २०८० जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको साँवा व्याजमा मात्र लागू हुनेछ । तर यदी कुनै ऋणले छुट पाउने अवधिभित्र कर्जाको साँवा व्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल व्याज लिन यो व्यवस्थाले बाधा पुर्याएको मानिनेछैन ।’ राष्ट्र बैंकले भनेको छ ।
साथै उक्त व्यवस्था अनुसार अब सरकारले आकस्मिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया