काठमाडौं । सन्दीप लामिछाने विदेश भ्रमणमा जान नपाउने भएका छन् । सर्वोच्च अदालतले लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति नदिएको हो ।
महान्यायाधिवक्ता कार्यालय र सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न पनि सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो।
उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले बिहिबार सर्वोच्च अदालत पुगेका थिए । यसअघि, उच्च अदालत पाटनले सन्दीपको विदेश यात्रामा प्रतिबन्ध लगाएको थियो भने २० लाख रुपैयाँ धरौटी सुनाएको थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपि रहेका सन्दीप अदालतको आदेशपछि २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा सन्दीप अटाएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया