राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन शुरु

लोकपथ
28
Shares
??????????? ???????? ?????? ????????? ??? ??? ?????? ??? ???????????? ? ?? ????????? ????????? ??????? ??????????? ????????? ???????? ????? ????? ????????? ? ?????? : ??????? ???????, ????

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेँसीमा शुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरे । सो अवरमा उनले देशको सांस्कृतिक पक्षको सम्वर्द्धनका लागि लोक संगीतको भूमिका महत्वपूर्ण रहेको बताए ।

विज्ञान र प्रविधिको विकाससँगै कला र संस्कृतिको संरक्षणमा जोड दिन प्रतिष्ठानका कलाकारलाई आग्रह गर्दै उनले बागमती प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नै गृह जिल्लामा देशभरका कलाकारको उपस्थितिले धादिङको गौरव बढाएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

‘कलाकारको उपस्थितिले धादिङलाई सांस्कृतिक पक्षबाट पनि चिनाएको छ, त्यसको निम्ति आभार व्यक्त गर्दछु’, उनले भने । देश विकासमा संगीतको योगदान अतुलनीय रहेको उनको धारणा थियो । बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले लोक तथा दोहोरी क्षेत्रमा नयाँ पुस्ताको आगमनसँगै थुप्रै चुनौती आइरहेकाले कलाकारले त्यस्ता चुनौतीसँग सजग भएर अघि बढ्न जरुरी रहेको बताए ।

धादिङ जिल्लाबाट निर्वाचित सांसद, पार्टी प्रतिनिधि, स्थानीय सरकारका प्रमुखले पनि कला संस्कृतिको संरक्षणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा गायिका रीता थापामगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिएका छन् ।

४२ हजारभन्दा सदस्य भएपनि हजार बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेको प्रतिष्ठानले जनाएको छ । महाधिवेशन फागुन १४ गते समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?