काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।
गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन ।
यस किसिमको सहकार्यबाट हाल यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् ।
आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलब्ध गराउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया