एजेन्सी । मेक्सिकोको पुएब्ला राज्यको गभर्नर मार्था एरिका एलोन्सोको विमान दुर्घटनामा परि मृत्यु भएको छ ।
विमान दुर्घटनामा परि उनीसँगै पति सीनेटर राफेल मोरनो वालेको पनि मृत्यु भएको बताइएको छ । केही दिन अगाडि मात्र मार्थाले पुएल्बा राज्यको गभर्नरको कार्यभार सम्हालेकी थिइन् । प्रहरीका अनुसार मार्था र पति राफेल चढेको विमान केही समयमा नै दुर्घटनामा परेको थियो ।
मृतक दुवै जना पुएल्बा शहरमा जाँदै थिए । मध्यमार्गी पैन पार्टीको सदस्य समेत रहेकी मार्था पुएल्बा राज्यको पहिलो महिला गभर्नर थिइन् ।
मेक्सिकोको राष्ट्रपनि आन्द्रेस मेनुएल लोपेज ओब्राडोरले गर्भनर मार्थासहित पति राफेलको मृत्यु भएको पुष्टि गरेका थिए । तर विमान चालकको मृत्यु भएको छ कि छैन भन्ने अहिले सम्म थाहा नभएको बताए ।
उनले सामाजिक सञ्चालमा ट्वीट गदै मृतक र राज नेता परिवार प्रति सम्वेदना व्यक्त समेत गरे । राष्ट्रपनि आन्द्रेसका अनुसार विमान दुर्घटनाको के कारण भएको भन्ने पत्ता लगाउन विशेष जाँज टोलीका गठन गरेको बताए ।
मार्थाले यहि डिसेम्बर १४ तारिखमा मात्र गर्भनरको सपद ग्रहण गरेकी थिइन् । मेक्सिकोमा केही वर्ष यता विमान दुर्घटनामा परि नेताहरुले ज्यान गुमाइसकेका छन् ।
सन् २०११ मा आन्तरिक मामिलामन्त्री फ्रान्सिस्को ब्लेकको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको थियो । यसैवर्ष मात्र मेक्सिकोको एक मन्त्री सवार हेलिकप्टर मानिसहरुको भिडमा खस्दा १३ जना सर्वसाधरणको मृत्यु भएको थियो । तर, मन्त्री भने बाच्न सफल भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया