काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति फागुन १६ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । यसरी बिक्री गरिने कुुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँको रहेको छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ चैत्र १४ गते, २०८० जेठ १६ गते र २०८० फागुन १५ गते तोकिएको राष्ट्र बैंकको भनाई छ । यो बिक्री हुने ट्रेजरीहरु बिलहरुमा तीन सय ६४ दिने अवधिको सात अर्बको नयाँ रहेपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।
यसअघि यही फागुन आठ गते पनि सात अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया