अफगानिस्तानमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ४३ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको लोककल्याण मन्त्रालयमा भएको आत्मघाती आक्रमणमा परी ४३ जनाको मृत्यु भएको छ । 

मन्त्रालयको गेटमा बम विस्फोट गराई भवन भित्र प्रवेश गरेका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा प्रहरी, मन्त्रालयमा काम गर्ने कर्मचारीको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ । 
साथै तीन आक्रमणकारी समेतको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

आक्रमणबाट अन्य २५ जना घाइते भएक छन् ।  

घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । 

मन्त्रालयमा फसेका ३ सय ५० कर्मचारीको भने उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?