आर्सनलका मिडफिल्डर मिखटरियान ६ साता मैदान बाहिर रहने

एजेन्सी । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर हेन्रिक मिखटरियान मैदान बाहिर रहने भएका छन् । 

अर्मेनियाका २९ वर्षिय हेन्रिक ६ सातासम्म मैदान बाहिर रहने बताइएको छ । कारवाओ कप फुटबल अन्तर्गत टोट्नह्यामविरुद्धको खेलका दौरान घाइते भएका थिए । आर्सनल क्लबका अनुसार हेन्सिकको खुट्टामा चोट लागेपछि केही समय रेष्टमा बस्ने बताइएको छ ।

उनको दाहिने खुट्टा फ्याक्चर भएको जनाइएको छ । चोटकै कारण उनले बर्नली, लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीविरुद्धको खेलहरु गुमाउने छन् ।

उनले जारी यो सिजनमा ४ गोल गरेका छन् भने ३ गोल असिस्ट गरेका छन् । जारी इंग्लिस प्रिमियर लिगमा भने आर्सनल ३७ अंकका साथ पाँचौ स्थानमा छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?