काठमाडौं । विश्वकप लिग टू को यूएई सिरिजको पहिलो खेलमा नेपालले जितका लागि २ सय ४ रनको लक्ष्य पाएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ३ रन बनायो ।
पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाए । कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए ।
नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी.सीले समान १-१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया