पछिल्लो दुई महिना शायद नेपाली राजनीतिको सबैभन्दा अस्थीर समय रह्यो होला । दुई महिना अगाडी एउटा गठबन्धनको सरकार र त्यसैको आधारमा निर्वाचन । चुनाव परिणाम आउँदा नआउँदै सरकार बन्ने गणित अर्को वर्णशंकर गठबन्धनमा । नयाँ सरकार निर्माण । राज्यकै अंग मध्येको एक राष्ट्रपति निर्वाचनमा पुग्दानपुग्दै फेरि वर्णशंकर गठबन्धनको नयाँ रुप ! दुई महिनाको अवधिका राजनीतिको दौडले ३६० डिग्रीको फेरो मार्यो । र यसका नायक रहे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते दिनको २ बजेसम्म नेपाली कांग्रेससँगै वार्तामा थिए । उनी चाहन्थे कांग्रेस नेतृत्वकै गठबन्धनमार्फत् प्रधानमन्त्री बनौं । तर, कांग्रेसले नयाँ सरकारमा पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्न नदिने भएपछि बालुवाटार बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट हान्निए । प्रचण्डले कहिले कांग्रेसको साथ छाड्लान् र अंकमाल गरौंला भनेर बालकोटमा सेनामेनासहित बसेको ओलीले चार बज्दा नबज्दै प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव मात्र गरेनन्, सात दलकै समर्थन जुटाइदिए ।
तर, दुई महिना पुग्दा नपुग्दै प्रचण्डका लागि ओलीसँगको अंकमाल ‘धृतराष्ट्रले भीम’लाई गरेको आलिंगन सरह बन्न पुग्यो । उनी कहिले ओलीको पिंजडाबाट मुक्त हुँला भन्ने त्रासमा देखिए । त्यही मौकामा मुखको सत्ता गुमाएर सडकमा थचारिएका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर ‘ढोक्सा’ थापिदिए ।
हिजो सरकार गुम्यो, पार्टी टुट्यो, आज गठबन्धन टुट्यो, राष्ट्रपतिदेखि सरकारसम्म गुम्यो । कसैले प्रश्न गरेन । एकले अर्कालाई धारे हात लगाए । वफादार कार्यकर्ताले सत्तोसराप थाले । तर, अस्थीर राजनीतिको उपज के हो ? को हो ? कसले हाम्रो भविष्यमाथि खेलिरहेछ, दुबैतिरका कार्यकर्ता यो प्रश्न गर्ने हैसियतमा छैनन् । ती त बफादार गुलाम मात्र हुन्, सिर्फ श्वास फेर्दै गरेका एक थान गुलाम !
आवश्यक नै नपरेको विश्वासको मत दिन पुगेको कांग्रेसप्रति आशंकित ओलीले संसदमै भने, ‘विश्वासको मत दिएर कांग्रेसले सत्ता राजनीतिमा ढोक्सा थापेको छ । तर उसको ढोक्सा/जालमा माछा पर्नेवाला छैन ।’ तर ओली असफल प्रमाणित भए । कांग्रेसलाई तत्कालको ध्यान एमालेको पोल्टामा पुगेको राष्ट्रपति पद आफूतिर हत्याउनु थियो । राष्ट्रपति निर्वाचन मनोनयनको दिन आउँदा नआउँदै कांग्रेसले माओवादीलाई मात्र आफूतिर तानेन, अरु तीन दललाई पनि पुरानो पाँच दलीय गठबन्धनमा ल्यायो । र, देखाइदियो ढोक्सा कस्को भरिने र कस्को खाली हुने भो भनेर ।
१३ फागुनको राष्ट्रपति मनोनयनको दिनसम्म सरकार छाड्ने पक्षमा नरहेको एमाले दुई दिनयता विकास भएको राजनीतिक घटनाक्रमले सरकारमा नबस्ने निर्णयमा पुग्यो । जेनेभा जान लागेको आफ्नो दलकी परराष्ट्रमन्त्री विमला राईलाई अचानक रोकेपछि एमाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णयमा पुग्यो । सरकारबाट बाहिरिँदै गर्दा अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डमाथि आरोप लगाए, ‘हामी सरकारमै रहन चाहन्थ्यौं । तर, हामीले सरकार नछाडे प्रधानमन्त्रीले बर्खास्तसम्म गर्ने खेल गरेको बुझियो ।’
यो दुई दिनमा एकार्कामा नेताहरुले धोकाधडीको आरोपसम्म लगाउन भ्याए । आफ्नो योजना बमोजिम नचलेपछि दुःखित बनेका ओलीले भने, ‘प्रचण्डले ठूलो धोका दिए ।’ अझ नेकपा विघटित भएपछिको अढाई वर्षमा यी दुई नेताबीच एकार्कामा कतिसम्मको आरोप/प्रत्यारोप र ‘नीच’ कटाक्ष भए भन्ने उल्लेख गरिरहनै परेन । इतिहासमा सबै सुरक्षित छन् । एकले अर्कालाई ‘श्रद्धाञ्जली’सम्म दिन भ्याएका यी नेतालाई जोड्ने काम त्यही सत्ताको ‘फेबिकल’ले गराइदिएको थियो ।
खासमा यो ‘लूटाहा राजनीति’ को कारक यो देशका ठूला भनिएका र राजतन्त्रको अवशानपछि उत्तरदायी पथ अँगालेर राजनीतिमा आशा जगाउनुपर्ने कर्तव्यबाट चुकेका कांग्रेस र एमाले हुन् । नेपाली नागरिकको नागरिक स्वतन्त्रताका लागि तीस/तीस वर्ष संघर्ष गरेका कांग्रेस र कम्युनिष्ट पार्टी (मूलतः एमाले) प्रति नै जनताको आशा र भरोसा थियो ।
रोचक र टीठलाग्दोचाहिँ के भने हाम्रा दलभित्रको लोकतन्त्रको स्थिति हो । पाँच वर्षअघि के कारणले नेकपा बनाइयो ? दलभित्रैका कसैले सुईंको पाएनन् । दुई महिनाअघि प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्दा पनि न एमाले न माओवादी कुनै नेताले पनि हिजो कसले गल्ती गरेको थियो ? आज कस्ले गल्ती स्वीकार्यो ? भन्ने बुझ्न पाएनन् । मञ्चमा दुई नेता चढे, हात मिलाए, गला जोडे, तल दर्शक दीर्घामा रहेका ‘गुलाम’ हरुले तरर ताली पड्काए ।
हिजो सरकार गुम्यो, पार्टी टुट्यो, आज गठबन्धन टुट्यो, राष्ट्रपतिदेखि सरकारसम्म गुम्यो । कसैले प्रश्न गरेन । एकले अर्कालाई धारे हात लगाए । वफादार कार्यकर्ताले सत्तोसराप थाले । तर, अस्थीर राजनीतिको उपज के हो ? को हो ? कसले हाम्रो भविष्यमाथि खेलिरहेछ, दुबैतिरका कार्यकर्ता यो प्रश्न गर्ने हैसियतमा छैनन् । ती त बफादार गुलाम मात्र हुन्, सिर्फ श्वास फेर्दै गरेका एक थान गुलाम !
यो विकृत राजनीतिको मूल दोषी को हो ? कांग्रेस, एमाले वा माओवादी ? कहिल्यै समीक्षा आवश्यक ठानेनन् नेतृत्वमा रहेकाहरुले । खासमा यो ‘लूटाहा राजनीति’ को कारक यो देशका ठूला भनिएका र राजतन्त्रको अवशानपछि उत्तरदायी पथ अँगालेर राजनीतिमा आशा जगाउनुपर्ने कर्तव्यबाट चुकेका कांग्रेस र एमाले हुन् । नेपाली नागरिकको नागरिक स्वतन्त्रताका लागि तीस/तीस वर्ष संघर्ष गरेका कांग्रेस र कम्युनिष्ट पार्टी (मूलतः एमाले) प्रति नै जनताको आशा र भरोसा थियो ।
संसदीय व्यवस्थालाई साध्य ठान्ने कांग्रेस र बहुदलीय प्रजातन्त्रबाट नै परिवर्तन सम्भव छ भन्ने एमालेको नेतृत्व एकले अर्कालाई सकाउने र होचो देखाउने होडमा माओवादीलाई काँधमा उचालेर नाचेका छन् । यसरी पुल्पुल्याएपछि स्वाभाविक थियो, तिनका काँधमा बिष्ट्याउनु ! अब पालैपालो प्रचण्डको ‘डाइपर’ सफा गर्नु नै यिनको नियती बन्नुछ ।
तर, उनीहरु देश र नागरिकप्रतिको कर्तव्यबाट च्यूत बने । जसरी हुन्छ, सत्तामा उक्लने र जायज नाजायज बाटोबाट धन थुपार्ने एक सूत्रीय अभियानमा लिप्त बने । माओवादी जसले शक्ति नै हिंसा थोपरेर, निहत्था नागरिकको बर्बर हत्या गरेर अर्जन गरेको छ । सर्वसाधारण र राज्य (बैंक) लूटेर धनार्जन गरेको छ । जसको घोषित मूल ध्येय नै यो व्यवस्थालाई धूलिसात् पार्नुछ ।
अनि, संसदीय व्यवस्थालाई साध्य ठान्ने कांग्रेस र बहुदलीय प्रजातन्त्रबाट नै परिवर्तन सम्भव छ भन्ने एमालेको नेतृत्व एकले अर्कालाई सकाउने र होचो देखाउने होडमा माओवादीलाई काँधमा उचालेर नाचेका छन् । यसरी पुल्पुल्याएपछि स्वाभाविक थियो, तिनका काँधमा बिष्ट्याउनु ! अब पालैपालो प्रचण्डको ‘डाइपर’ सफा गर्नु नै यिनको नियती बन्नुछ ।
देश सबै खाले सूचकांकहरुबाट भीरको डिलमा पुगिसकेको छ । अर्थ व्यवस्था चौपट बन्दो छ । रोजगारी नपाउँदा युवा खाडी पलायनमा छन् । त्यहाँ पनि काम खोसिँदो छ । भनेको काम नपाउने, पाए पनि जोखिमयुक्त कामका कारण ज्यान बाकसमा बन्द भएर आउने क्रम बढ्दो छ । देशमै केही गरौं भन्नेहरु एकपछि अर्को निराशाको जञ्जालमा जाकिएका छन् । आत्मदाह जस्तो स्वअपराधमा दुरुत्साहित हुन थालेका छन् ।
उद्योगधन्दा, कलकारखाना ठप्प छन् । उद्योगी–व्यवसायी रोजगारमूलक उद्योगबाट लगानी झिक्दै ट्रेड बिजनेशमा ओइरिएका छन् । कृषक यसै पनि खेतीबाट पलायन हुँदा खाद्यान्न आयात धान्नै नसकिने गरी आकाशिँदो छ । खेतीमा लागेका किसानले आफ्नो बालीको उचित मोल पाउँदैनन् भने बैंक ब्याजले भएको सम्पत्ति पनि गुमाउँदैछन् ।
यी तमाम विषयमा देश र राज्य–व्यवस्थाको साँचो लिएर बसेका दल र तिनको नेतृत्वलाई कुनै सरोकार छैन । छ त, फगत को प्रधानमन्त्री/मन्त्री बन्ने, कसले कहाँ नियुक्ति पाउने/दिलाउने । कुन ठेक्का कसलाई पार्ने र राज्यको ढुकटी कसरी कति हजम पार्ने ? यसरी कसरी देश उकालो लाग्छ ? साठी दिनको अवधिमा स्वार्थको एक फन्को मार्ने राजनीति र तिनका नाइकेहरुलाई जनता र देशसँग जोडिएका विषयले कहिँ छुँदैछुन्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया