काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’का उपाध्यक्ष पीताम्बर तिम्सिना र सञ्चालक समिति सदस्य इन्दिरा निरौला सम्मानित भएका छन् ।
जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र पूर्वराष्ट्रिय महिला भलिबल खेलाडीको संयुक्त आयोजनामा उनीहरुलाई क्लबका अध्यक्ष माधव खड्काले सम्मान गरेका थिए ।
सो अवसरमा उपाध्यक्ष तिमिल्सिनाले भलिबलको इतिहास बोकेको क्लबको सम्मानले आफूलाई थप जिम्मेवारी बनाएको बताए । जावलाखेल भलिबल क्लबलाई व्यवस्थित र व्यावसायिक बनाउन राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’का तर्फबाट जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको उनको भनाइ थियो ।
सदस्य निरौलाले भलिबल खेलमा आफ्नो पहिलो पाइला नै जावलाखेलले अगाडि बढाएको स्मरण गरिन् । उनीले भनिन्, ‘जुन क्लबले मलाई भलिबल खेल्न सिकायो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर दिलायो, आज त्यही क्लबबाट सम्मानित हुन पाउँदा खुशी छु ।’
यता क्लबका अध्यक्ष खड्काले आफ्नै क्लबका खेलाडी आज नेतृत्व तहमा पुग्नु खुशीको विषय भएको बताउँदै खेलकूद क्षेत्रको विकासमा विशेष ध्यान दिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया