अब क्यू आर बाट नेशनल लाईफको बीमाशुल्क भुक्तानी गर्न मिल्ने

लोकपथ
35
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्यू आर बाट बीमा शुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था ल्याएको छ ।

कम्पनीको सबै शाखा मार्फत Fonepay  Network मा आवद्ध वित्तिय संस्था /ESEWA को माध्यामबाट Dynamic QR scan गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र भ्क्भ्ध्ब् का प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरिएको हो ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?