भारत सरकारको सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेज भवनको हस्तान्तरण

लोकपथ
21
Shares

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेज भवनको हस्तान्तरण गरिएको छ ।

सोमबार एक समारोहकाबीच नवनिर्मित कलेज भवनको कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । समारोहमा नेपाल सरकारका पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, मदन भण्डारी फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष श्री सन्तोष बुढाथोकीको उपस्थिति रहेको थियो ।

कलेज भवनको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत निर्माण भएको हो । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा कुल २.८६४ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा देशका विभिन्न जिल्लाका १ हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

यस कलेजले विभिन्न विषयमा अध्यापन गराउँदै आएको छ । सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४७८ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बागमती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् ।

यस बाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बस सहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ ।

यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको निर्माणमार्फत नेपाली जनताको उत्थानका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारले पुर्याउदँै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?