काठमाडौं । मलेसियाले जितका लागि नेपाललाई ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको खेलमा मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको हो ।
नेपालका स्पिनर दीपेश कंडेलले शानदार बलिङमा गरे । यूएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो ।
मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । नेपालका लागि दीपेश कंडेलले ४ विकेट लिए । त्यस्तै आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया