काठमाडौं । बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५६ वटा संस्थाहरुले कुल ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये औषतमा दुई दशमलव ६३ प्रतिशत कर्जा खराव देखिएको राष्ट्र बैंकको भनाई छ ।
गत आवको सोही अवधिमा भने २७ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स सहितका ६१ वटा संस्थाहरुले कुल ४६ खर्ब ७५ अर्ब ८१ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा एक दशमलव ३१ प्रतिशत मात्र कर्जा खराव देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्ममा बाँणिज्य बैंकहरुले मात्र ४२ खर्ब ८४ अर्ब ७१ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ४९ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने बाँणिज्य बैंकहरुले ४१ खर्ब ५० अर्ब ३७ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा एक दशमलव १८ प्रतिशत कर्जा खराव देखिएको थियो । बिकास बैंकहरुले भने चालु आवको पुस मसान्तसम्ममा चार खर्ब ६२ अर्ब ४४ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ८९ प्रतिशत कर्जा खराव देखिएको छ ।
गत आवको सोही अवधिमा बिकास बैंकहरुले चार खर्ब ३८ अर्ब ३७ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ४२ प्रतिशत मात्र कर्जा खराब देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुमा भने चालु आवको पछिल्लो छ महिनाको अवधिमा ९३ अर्ब चार करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ८२ प्रतिशत कर्जा खराव देखिएको छ ।
गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुले ८७ अर्ब सात करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा सात दशमलव शुन्य पाँच प्रतिशत कर्जा खराब देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंकिङ क्षेत्रमा कायम रहेको खराब कर्जा
२०७९ पुस मसान्त
विवरण कुल कर्जा रकम (रु १० लाखमा) खराब कर्जा (प्रतिशतमा)
बाँणिज्य बैंक ४२८४७१५ २.४९
बिकास बैंक ४६२४४१ २.८९
फाईनान्स ९३०४१ ७.८२
कुल ४८४०१९६ २.६३ (औषतमा)
२०७८ पुस मसान्त
विवरण कुल कर्जा रकम (रु १० लाखमा) खराब कर्जा (प्रतिशतमा)
बाँणिज्य बैंक ४१५०३७२ १.१८
बिकास बैंक ४३८३७२ १.४२
फाईनान्स ८७०७३ ७.०५
कुल ४६७५८१७ १.३१ (औषतमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया