अनरको फोल्डेबल फ्ल्यागशिप स्मार्टफोन बजारमा

लोकपथ
63
Shares

काठमाडौं । अनरले आफ्नो पहिलो फोल्डेबल फ्ल्यागशिप स्मार्टफोन ‘अनर म्याजिक भीएस’ बजारमा ल्याएको छ । फोल्डेबल फोनमा आखाँलाई दबाब नपर्ने गरी डिस्प्ले डिजाइन गरिएको कम्पनीको दाबी छ ।

फोनमा ५००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । फोनको बाहिरपट्टि ६.४५ इन्चको डिस्प्ले छ भने भित्री डिस्प्ले ७.९ इन्चको छ । १२.९ मिलिमिटर पातलो यो फोनको तौल २६७ ग्राम छ ।

१६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फोनमा ५४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रा वाइड र म्याक्रो क्यामेरा साथै ८ मेगापिक्सेलको अप्टिकल जुम क्यामेरा उपलब्ध छ ।

फोनको मूल्य भने आधिकारिक रुपमा सार्वजनिक भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?