काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनी प्रालिका अध्यक्ष सुवास रेग्मी पक्राउ परेको विषयले सांगीतिक क्षेत्र तरंगित बनेको छ ।
रेग्मीले सामाजिक सञ्जालमा विभिन्न गायक गायीकासहित सांगीतिक क्षेत्रका अन्य व्यक्तिहरुको समेत नाम उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेको विषयमा उनलाई साइबर ब्यूरोले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गत फागुन ७ गते गीतकार महेश आचार्यले दिएको निवेदनको आधारमा उनलाई पक्राउ गरि अनुसन्धान जारी रहेको छ ।
यता सांगीतिक क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरुले उनीविरुद्ध प्रहरीलाई अनुसन्धानमा सघाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न ६ संस्थाले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । जसमा गीतकार संघ, संगीतकार संघ, नेपाल सांगीतिक संघ, राष्ट्रिय संगीतकर्मी संघ, नेपाल संगीत उद्योग संघ र प्रस्तोता समाज नेपालले रेग्मीविरुद्ध अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘गत २०७९ फागुन ७ गते गीतकार महेश आचार्यले निजका विरुद्ध नेपाल प्रहरी साइबर ब्यूरो भोटाहिटीमा दिनुभएको जोहरी दरखास्तप्रति समर्थन जनाउँदै हामी सम्पूर्ण गीतकार र संगीतकारका प्रतिनिधिमुलक तपसिलका संघ÷संस्थाहरुको तर्फबाट निज सुवास रेग्मी प्रति घोर भर्त्सना गर्दै आम समुदायको भावनासहित उक्त जाहेरीउपर भएको अनुसन्धानमा समर्थन जनाउँदै सो कार्यप्रति सहयोग रहेको प्रतिबद्धतासहित भविष्यमका यस्ता प्रवृतिहरु सदासदाका लागि निर्मूल होस् भन्ने कामनाका साथ सम्बन्धित निकायलाई यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै न्याय निरुपणका लागि विनम्र अनुरोध गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै सामाजिक सञ्जालमा रेग्मीले देशका चर्चित गीतकार, संगीतकार, गायक गायीका लगायतलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै त्यसप्रति समेत घोर भर्त्सना गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया