मेक्सिकोमा सन् २००६ सालबाट यता तीन लाख ७ हजार मानिसहरु हराएको सरकारी तथ्यांक छ । यसमध्य धेरै कता छन् भन्ने विषयमा कुनै पनि आधिकारिक जानकारी छैन । उनीहरुले आफ्नो पछाडी रोइरहेका धेरै आफन्तहरु छोडेर गएका छन्, जो उनीहरु कहाँ छन् भन्ने जान्न चाहान्छन् ।
मेक्सिकोको उत्तरी राज्य सिनालोआका एक आमाले हराएको आफ्नो छोराको खोजी गर्न शुरु गरेकी छिन् । जब उनलाई कुनै पनि बेवारिसे चिहानको बारेमा थाहा हुन्छ उनी औजार लिएर खन्न पुग्छिन् ।
फोटो पत्रकार ऐलेखानद्रो सेगार्राले ति महिलासहित उनलाई साथ दिने ३० जना महिलाहरुको तस्वीर आफ्नो क्यामराले कयद गरेका छन् ।
मिरना नेरेदा मेडिनाले यो कामको शुरुवात गरेकी हुन् । सन् २०१४ मा उनको छोरा रोवर्टो गान्वा एउटा पेट्रोल पम्पको बाहिरबाट हराएका थिए । प्रत्यक्षदर्शीका अनुसार १४ जुलाई २०१४ मा एउटा कालो रंगको ट्रक पेट्रोल स्टेशनमा आएर रोक्यो, त्यस भित्र भएका एकजना व्यक्तिले उसलाई भित्र आएर बस्न भने र त्यस पछि आजको दिन सम्म रोवर्टोलाई कसैले पनि देखेका छैनन् ।
मिरनाको जस्तै यस्तो कथा अरु धेरैको छ । सिनालोआबाट मात्रै दुई हजार ७ सय जना मानिसहरु हराएका छन् । हराएका अधिकांश मानिसहरु मृत्यु भइसकेको अनुमान गरिने गरेको छ । जो महिलाहरु उनीहरुको खाजी गरिरहेका छन् तिनीहरुलाई यसको बारेमा राम्रोसँग थाहा छ । हराएका मानिसहरु यि महिलाहरुको आफन्त भएको बताइन्छ ।
मिरियम रेयस खाली चौरमा घामसँग बच्नका लागि ह्याटको प्रयोग गर्ने गरेकी छिन् । सन् २०१५ मा उनको श्रीमान हराएका थिए र उनी आफ्नो श्रीमानको खोजी गरिरहेकी छिन् ।
भन्छिन्, “मेरो छोरालाई उसको बुबाको खाँचो छ । जीवीत नभएपनि उनको मृत शरिर गाड्नको लागि ।”
यि महिलाहरु आफ्नो साथमा खन्नका लागि साभेल र कोदालो आफूसँग बोकेर हिडने गरेका छन् । कहिले काही चिहानको सम्म पुग्नको लागि ट्रकको पनि प्रयोग गर्छन् । त्यहाको स्थानियहरुले उनीहरुलाई लावारिस चिहानको बारेमा जानकारी दिने गरेका छन् ।
जब कुनै किसानले आफ्नो खेतमा मानिसको टाउकाको हड्डी भेट्छन् र ती महिलाहरुले थाहा पाउँछन् तब उनीहरु आफूसँग भएको औजारहरु लिएर चिहान खन्न जान्छन् ।
सिनालोआमा अपहरणलाई साधारण मानिन् थालेको छ । जो सँग अलि धेरै पैसा छ र जो धनि छन् ति व्यक्तिहरु, तिनका छोराछारी र आफन्तहरु अपहरणमा पर्ने गरेका छन् ।
अपहरणमा परेका केही युवकहरुलाई अपहरुकारीले आफ्नै समूहमा राख्ने गरेका छन् भने कोही लडाईमा मारिन्छन् । युवतीहरुलाई अपहरण गरि बेचिने गरेको छ । धेरै जसोलाई थाहा पनि हुँदैनकी उनीहरुको आफन्त र छोराछोरीहरु कहाँ छन् र उनीहरुलाई के भयो ?
प्रश्न सबैको उही ।
मृत्यु !
सबै प्रश्नको साझा जवाफ ।
स्विकार्य कसैलाई छैन् ।
तर, ति महिला समूहहरु त्यो यर्थाथ बदलन चहाँन्छन् । यद्यपि, उनीहरुलाई पनि थाहा छ उनीहरु जसलाई खोजिरहेका छन् उनीहरु जीवित छैनन् ।
सन् २०१४ देखि अहिले सम्म २०० भन्दा बढि लाशहरु खोजेको खोजी भइसकेको छ । जब उनीहरुलाई लासको हड्डी भेटाउँछन् उनीहरु त्यसलाई डीएनए परिक्षणका लागि ल्यावमा पठाँउने गरेका छन् ।
यदि कसैको अवशेष उनीहरुको रेकर्डमा छ र त्यससँग मिल्यो भने उनीहरुको आफन्तहरुलाई सूचित गर्छन् । अहिले सम्म उनिहरुले चिहान खनेर निकालेको आधा भन्दा धेरै लाशहरुको पहिचान भइसकेको छ ।
लाशहरुलाई खाज्ने क्रम्मा मिरानाको छोरा रोबर्टोको पनि लाश भेटिसकेको छ । जुलाई २०१७ मा उनीहरुलाई यस्तै एउटा लावारीस चिहानको बारेमा जानकारी पाए । पहाडले घेरेको एउटा सुन्सान ठाँउ थियो । मिरना र उनको साथिहरुले त्यहाँ गएर तयस चिहान खने । शवको अवशेष उनको छोरा रोबर्टोसँग मिल्यो ।
अहिले मरिना अरुको आफन्तहरुलाई खोज्नलाई सहयोग गरिरहेकी छिन् । यो समूहमा धेरै जस्तो महिलाहरु नै छन् । तर केहि पुरुषहरुको पनि यसमा सहभागिता रहेको छ ।
आमाबुबाले आफ्नो बच्चाहरुको मात्र होइन् बच्चाहरुले पनि धेरै वर्ष देखि आफ्नो आमा बुबाको प्रतिक्षा गरिरहेका छन् ।
एजेन्सीको सहयोगमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया