आईसीसी यू-१९ : नेपालद्वारा यूएईलाई १९२ रनको लक्ष्य

लोकपथ
105
Shares

काठमाडौं । नेपालले यूएईलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनाएको हो ।

नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । उत्तम थापा ३६ रन बनाएर आउट भए । दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?