कञ्चनपुर । अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको राष्ट्रिय हकी टिमलाई सम्मान गरिएको छ ।
हालै पाकिस्तानको लाहोरमा सम्पन्न हकी प्रतियोगितामा ऐतिहासिक जित निकालेको नेपाली टिमलाई जिल्ला खेलकूद विकास समिति, जिल्ला हकी सङ्घ र यहाँका प्रशिक्षक तथा खेलाडीले अबिरमालासहित सम्मान गरेका हुन् । राउण्ड रोविन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले अफगानिस्तानलाई ४–० गोलले पराजित गर्दै कास्य पदक जितेको थियो ।
पुस पहिलो साता भएको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानले जितेको थियो । पाँच राष्ट्र सहभागी सो प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको प्रशिक्षक रञ्जन थापाले बताए ।
अठार सदस्यीय हकी टिममा आठ खेलाडी भीमदत्तनगरकै रहेको कञ्चनपुरका हकी प्रशिक्षक नरबहादुर चन्दले जानकारी दिए । उनले भने, “यो उपलब्धी हकीका लागि ऐतिहासिक हो,” ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया