मंगल ग्रहमा मानवबस्ती बसाउने योजना कतिको सम्भव छ ?

एजेन्सी । चन्द्रमाको पहिलो पटक परिक्रमा गर्ने वैज्ञानिकहरु मध्येको एक सदस्य बिल एंडर्सले मंगल ग्रहमा मानिसलाई पठाउने योजना मुर्खता मात्र रहेको बताएका छन् । 

पहिलो मानव अन्तरिक्ष विमान अपोलो आठको पाइलट समेत रहेका एंडर्सले ‘मंगलग्रहमा मानिसलाई पठाउनु हास्यस्पद कुरा रहेको प्रतिक्रिया दिएका हुन् । 

नासाले अहिले चन्द्रमामा एक नयाँ टिमलाई पठाउने तयारी गरिरहेको छ । नासाको योजनाअनुसार टिमलाई अनुभवको लागि पहिले चन्द्रमामा पठाउन लागेको बताइएको छ । यहि अनुभवको आधारमा नै मानिसलाई मंगल ग्रहमा पठाउने सोचमा रहेको छ । 

एंडर्सकाअनुसार नासाको पक्ष जान्नको लागि सम्पर्क गरिए पनि कुनै किसीमको प्रतिक्रिया नआएको समेत बताए ।  ८५ वर्षका एंडर्सले बताए, ‘हामीलाई मंगल ग्रहमा जान कस्ले मजबुर गरिरहेको छ ?’ एडर्सले सन् १९६८ मा चन्द्रमाको परिक्रमा गरेका थिए । 

कस्तो थियो ओपोले आठको चन्द्रमा यात्रा ?

पछिल्लो समय नासाले इनसाइट नामका रोबर्टलाई मंगल ग्रहमा पठाएको थियो, अहिले पठाएको सो रोवटले त्यँहाको स्थितिको बारेमा अध्ययन गरिरहेको छ ।

सन् १९६८ डिसेम्बर ‘मे’ महिनामा एंडर्स आफ्नो सहयोगी फ्रैंक बोरमैन र जिम लोवेलका साथमा चन्द्रमामा पुगेका थिए । साथै अपोलो आठमा सहभागि सदस्यहरुले पृथ्वीमा फर्किनु भन्दा अगाडि चन्द्रमाको कक्षमा २० घण्टा बिताएका थिए ।

उनीहरुको टिम डिसेम्बर २७ तारिखमा पृथ्वीमा फर्किएका थिए । 

त्यतिबेला उनीहरुको टिमले पुथ्वीदेखि अंतरिक्षको सबैभन्दा लामो यात्रा समेत गरेका थिए । यही सफलताले अपोलो ११ को बाटो खोलिदियो र सातै महिनाको समयावधिमा यसलाई चन्द्रमामा उतारिएको थियो । 

चन्द्रमामा पठाएपछि के भयो ? 

पुर्व अंतरिक्ष यात्रीले नासालाई प्रश्न गरेको थियो । सन् १९६० को दशकको अन्तिममा पुर्व राष्ट्रपति जाँन एफ कैनेडीले चन्द्रमामा मानिसलाई पठाउने निधो गरेका थिए । 

एंडर्सले भने, ‘नासाले आजसम्म चन्द्रमामा मनिसलाई पठाउन सकिरहेको छैन, नासालाई मानिसहरुको समर्थन नमिलेको कारणले जिद्दी भएको देखिन्छ र कामको अवसर बनिरहेको छ ।’
सन् १९७० को दशकमा अपोलो कार्यक्रम पुरा भएपछि एंडर्सको टिमले पृथ्वीको नजिकै कक्षको जाँच समेत गरेको थियो । 

‘मलाई लाग्छ कि अंतरिक्ष विमान एक गम्भिर गल्ती हो, किनभने यसले रोमाञ्चक शुरुवात वाहेक अरु केहि गरेन यो आफ्नोपन बाट बहिर आउन सकेन’, उनले थपे । 

नासाले के हासिल ग-यो ? 

विभिन्न खोज गर्दै जादाँ नासाले के हासिल ग¥यो भन्ने विषयको प्रश्नमा एंडर्सले भने, ‘म बुझ्छु की नासा भाग्यशाली छ, जति उसले प्राप्त गरेको छ त्यो एकदम मुस्कील हो, म लोकप्रिय व्यतिm होईन तर, म यही सोच्छु । 

आपोलो आठमा एंडर्सको पूर्व सहकर्मी फैंक बोरमैन भने उनको कुरामा सहमत छैनन् । बोरमैनले भने, ‘म बिल एंडर्स जस्तो नासाको आलोचक हैन तर मेरो दृढ बिश्वास छ कि हामी आफ्नो बिचारमा सौर्यमण्डलको गहन खोज गर्नुपर्छ ।’ 

बोरमैन स्पेस एक्स र अमेजाँनको मंगल ग्रहको निजी मिशन शुरु गर्ने योजनामा त्यति उत्साहित छैन । ‘मंगल ग्रहको बारेमा धेरै नै प्रचार-प्रसार भईरहेको छ, जुन सबै कुरा वाहियात मात्र हो, कम्पनिहरु मंगल ग्रहमा आफ्नो घर बनाउन चाहन्छन्, यो एक पागलपन मात्र हो ।’

एजेन्सीको सहयोगमा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?