नेपालले पायो १ सय ८० रनको लक्ष्य

लोकपथ
98
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले जितका लागि १ सय ८० रनको लक्ष्य पाएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ रन जोड्यो ।

पीएनजीका लागि टोनी उराले ३९ रन बनाए । त्यस्तै हिरी हिरी २९ रन जोडे भने किप्लीन डोरीगाले २६ रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २ विकेट लिए । कुशल मल्ल, करण केसी, सन्दीप लामिछानेले समाजन एकएक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?