काठमाडौं । अखिल नेपाल फुटबलसंघ एन्फाको वर्तमान अध्यक्ष कर्मछिरिङ शेर्पा नेतृत्वको टिम चयन गर्दा आर्थिक अनियमितता भएको आरोप लागेको छ ।
एन्फाका पूर्वउपाध्यक्ष मणि कुँवरले सो आरोप लगाएका हुन् ।
उनले वर्तमान अध्यक्ष शेर्पा नेतृत्वको टिम चयन गर्दा आर्थिक अनियमितता भएको आरोप लगाउँदै आवश्यक परे प्रमाण समेत सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं अध्यक्ष विराटजंग शाही, भक्तपुर अध्यक्ष गौतम सुजखुु, धादिङ अध्यक्ष दिपक खतिवडा र ललितपुर अध्यक्ष पुरुषोत्तम थापाले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै गत वैशाख २२ गते भएको एन्फाको निर्वाचनका बेला फिफा, एएफसी र नेपालको कानून उलंघन भएको बताएका थिए ।
आफूहरु लामो समयदेखि फुटबलमा लागेको र ‘चेन्ज अफ एन्फा’ नारा लिएर वर्तमान नेतृत्व आउँदा स्वागत गरे पनि वर्तमान नेतृत्वबाट कुनै पनि राम्रो काम नभएकाले बाध्य भएर प्रमाण सार्वजनिक गर्नुपरेको उनीहरुको भनाइ छ ।
वर्तमान कार्यसमिति चयन हुँदा गरिएको निर्वाचनमा पाँच वटा बुँदामा अनियमितता भएको उनीहरुको ठहर छ ।
उनीहरुका अनुसार निर्वाचन समिति र अदालतलाई आर्थिक प्रलोभनमा पारेको, मतदाता प्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेको, निर्वाचन अगाडि प्रतिनिधिलाई भारतका विभिन्न ठाउँमा क्लोज क्याम्पमा राखेर हवाई टिकटमा ठूलो धनराशी खर्च गरेको र निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया