एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ ।
बुधवार राति भएको खेलमा म्यान्चेस्टर सिटी लिगको सातौं स्थानमा रहेको लेष्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको १४ औँ मिनेटमा बेर्नान्डो सिल्भाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै १९ औँ मिनेटमा लेष्टरका लागि अलब्रिङगटनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब एक-एक गोलको बराबरीमा रोकिएका थिए ।
८१ औँ मिनेटमा लेष्टरका लागि रिकार्डो पेरेइराले गोल गरे । ८९ औँ मिनेटमा फाबियन डेल्फले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित भएको थियो । हारपछि म्यान्चेस्टर सिटी लिगको तेस्रो स्थानमा झरेको छ । सिटीको ४४ अंक छ ।
जितपछि लेष्टर २८ अंकका साथ लिगको सातौं स्थानमा छ ।
त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा चेल्सीले वाटफोर्डलाई २-१ गोल अन्तरले पराजित ग-यो । चेल्सीको जितमा इडेन हजार्डले दुई गोल गरे ।
उनले पहिलो हाफको इन्जुरी समय र ५८ औँ मिनेटमा पेनाल्टीमार्फत दुई गोल गरे । यता वाटफोर्डका लागि भने पेरियराले एक मात्र गोल फर्काए । जितपछि चेल्सीले ४० अंकका साथ लिगको चौथो स्थानमा छ ।
त्यस्तै लिगको पाँचौ स्थानमा रहेको आर्सनलले ब्राइटटनसँग एक-एक गोलको बराबरी खेलेको छ । यता क्रिस्टल प्यालेस र कार्डिफ सिटीबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया