काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत विभागिय टिम शसस्त्र प्रहरीको ‘एपीएफ’ क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको खेलमा एपिएफ क्लबले च्यासल क्लबसँग एक-एक गोलको बराबरी खेलेको हो । च्यासलका लागि खेलको ३० औँ मिनेटमा सन्त बहादुर गुुरुङले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
गुरुङले गोल गरेपछि निक्कै आक्रामक बन्दै खेले खेलेको एपीएफले खेलको ४१ औँ मिनेटमा पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई सुदिप शिख्रकारले सदुपयोग गर्न सकेनन् । उनको प्रहार च्यासलका गोलरक्षक दिनेश थापाले बिफल पारे ।
दोस्रो हाफमा केही सुधारिएको खेल खेलेका एपीएफका लागि ५४ औँ मिनेटमा श्याम कुमार नेपालीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा पु-याए ।
खेलको ७७ औँ मिनेटमा गौरब बुढाथोकी रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि च्यासल १० खेलाडीमा सिमीत भएको थियो । बराबरीपछि एपिएफले १७ तगा च्यासलले १५ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया