काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
बिहीवार एन्फा कम्प्लेस सातदोबाटोमा भएको खेलमा सीएमजी संकटा क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
यो जितसँगै मनाङले कीर्तिमानी आठौं पटक ‘ए’ डिभिजन लिग फुटबलका च्याम्पियन बनेको छ ।
मनाङले दुई खेल बाँकी रहँदै उपाधि जितेको हो ।
मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडीलाजा सोमिडेले १–१ गोल गरेका थिए ।
सीएमजीस संकटाका सेड्रिक अबाले एक गोल फर्काए ।
खेलमा मनाङका हेमन गुरुङ म्यान अफ दि म्याच चुनिए ।
जितसँगै मनाङले ११ खेलबाट ३३ अंक जोडेको छ ।
अपराजित मनाङले अब दुई खेल खेल्न बाँकी छ ।
दोस्रो स्थानको संकटाको २५ अंक छ ।
मनाङले पहिलोपटक २०४३ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो भने त्यसपछिका खेलमा मनाङ ६ पटक ‘ए’ डिभिजन लिग जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया