काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख रुपैंयाँ उपलब्ध गराएको छ ।
बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख श्री तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।
बैंकले हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरे वापतको सात करोड ८८ लाख रुपैंयाँभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले दुई करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले एक करोड ३० लाख र मेडिकल बीमा वापत दुई हजार ३९ जनाले तीन करोड ६७ लाख रुपैंयाँ बीमा रकम प्राप्त गरिसकेका छन् ।
बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत ४० लाख रुपैंयाँको दुर्घटना बीमा, ४० लाख रुपैंयाँको घातक रोग बीमा र चार लाख रुपैंयाँसम्मको औषधि उपचार बीमा प्राप्त गर्नुहुन्छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले तीन लाख २० हजार रुपैयाँसम्म र ओपीडी उपचारको लागि ८० हजार रुपैंयाँसम्म प्राप्त गर्न सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया