वेस्टह्यामद्वारा साउथह्याम्पटन स्तब्ध

एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टह्याम युनाइटेड विजयी भएको छ ।

बिहीवार राति सम्पन्न भएको १९ औँ चरणको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

दोस्रो हाफ शुरु भएको पाँच मिनेटमा नै साउथह्याम्प्टनका लागि नाथन रेडमोन्डले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ५३ औँ मिनेटमा फिलीप एन्डरसनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

५९ औँ मिनेटमा एन्डरसनले दोस्रो गोल गरे । निर्धारित समयसम्म साउथह्याम्पटनले पनि खेलमा फर्कने प्रयास गरेपनि सफल भने हुन सकेन । जितपछि २७ अंक बनाएको वेस्टह्याम लिगको नवौं स्थानमा उक्लिएको छ । 

उपाधि दौडमा रहेको लिभरपुल ५१ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको टोट्नह्यामको ४५ अंक छ ।

४४ अंकका साथ डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । ४० अंकका साथ चेल्सी चौथो तथा ३८ अंक बनाएको आर्सनल पाँचौ स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?