मुबाडाला वर्ल्ड टेनिसमा दिदी भेनससँग सेरेना पराजित

एजेन्सी । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स मुबाडाला वल्र्ड टेनिसको फाइनलमा पराजित भएकी छिन । 

अबुदाबीमा बिहीवार राति सम्पन्न भएको महिला एकलतर्फको कमब्याक खेलमा सेरेना आफ्नै दिदी भेनस विलियम्ससँग ४-६, ६-३ र १०-८ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएकी हुन् ।

करिव तीन महिनापछि कोर्टमा पुनरागमन गरेकी विलियम्स दिदी बहिनीको खेल एक घण्टा २६ मिनेट चलेको थियो । २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेनामाथि रंगभेदको समेत आरोप लागेको थियो ।

युएस ओपन टेनिस प्रतियोगिताको फाइनल खेलमा पराजित भएपछि उनले रेफ्रि कार्लोस रामोसको निर्णयमा असन्तुष्टी जनाएकी थिइन् । त्यतिबेला उनले रेफ्रिलाई चोर भनेको भन्दै विवादमा परेकी थिइन् ।

साथै सेरेनाले रेफ्रिमाथि आफुलाई गलत नजरले हेरेको समेत आरोप लगाएकी थिइन् । पछि उनले अगाएको सबै आरोप गलत सावित भएपछि अदालतलाई १७ हजार डलर जरिवाना समेत तिरेकी थिइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?