काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र कलाकार मानव सुवेदीले विवाह गरेका छन् ।
बिहीबार सौराहामा सुरक्षा र मानवले विवाह गरेका हुन् । सुरक्षाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै विवाह गरेको जानकारी गराएकी हुन् ।
विवाहमा दुवैका परिवार र आफन्त सहभागि रहेका छन् । करिब ६ वर्षको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् ।
यसअघि सुरक्षा र मानवले बुधबार इन्गेजमेन्ट गरेका थिए ।
वैवाहिक समारोहमा मिडिया प्रवेश दिइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया