काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १४ लाख ७६ हजार ४ कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो ।
शेयर निष्काशन अनुमति पाएसँगै श्री आइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री गर्ने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघिनै सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ ।
कम्पनीले सर्वसाधारणको लागि छुट्टाएको ३५ लाख कित्ता मध्ये १४ लाख ७६ हजार ४ सय कित्ता आयोजना प्रभावितलाई जारी गर्ने र बाँकी २० लाख २३ हजार ६ सय कित्ता शेयर सर्वसाधारण र कर्मचारीका लागि निष्काशन गर्नेछ ।
कम्पनीमा संस्थापकको तर्फबाट १ अर्ब १० करोड ७३ लाख रुपैयाँ पूँजी पुर्याइसकेका छन् ।
कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया