काठमाडौं । एनआईसी एशिया बैंकले चौँथो पटक ४ अर्ब बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बोर्डका अनुसार बैंकले गत मंसिर २६ गते १ हजार रुपैयाँ अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन दिएको छ ।
बैंकले निष्काशन गर्न लागेको ४ अर्ब रुपैयाँको ऋणपत्रमध्ये बोर्डको स्वीकृती पश्चात २० प्रतिशत हुन आउने ८० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि बिक्रीमा आउनेछ ।
८० प्रतिशत अर्थात ३ अर्ब २० करोडको व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकको सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।
ऋणपत्र जारी गर्न बैंकले यसअघि नै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया