आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’

लोकपथ
77
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालका आसिफ शेख प्लेयर अफ द म्याच चुनिएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराएको छ ।

नेपालको जितमा आसिफले शतकीय इनिङ खेलेका थिए । आसिफले १ सय १० बलमा १ सय १० रन जोडेका थिए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?